अनसन ‘तोडेकी’ नर्स भन्छिन्– मलाई जबरजस्ती जुस पिलाइयो « Khabarhub

अनसन ‘तोडेकी’ नर्स भन्छिन्– मलाई जबरजस्ती जुस पिलाइयो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद धर्मभक्त अंग प्रत्यरोपण केन्द्रकी नर्स डिक्की शेर्पाले आफूले अनसन नतोडेको बताएकी छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समय भएको वार्तापछि आन्दोलनरत नर्सका प्रतिनिधि र अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठबीच ११ बुँदे सहमति भएपछि बैशाख २७ गतेदेखि अनसन बसेकी नर्स डिक्की शेर्पा र जिता बरालको अनसन तोडेका बताइएको थियो ।

तर अनसन तोडिएको भनिएको भोलीपल्ट नै अनसन बसेकी नर्स डिक्की शेर्पाले आफूलाई अर्धचेत अवस्थामा जबरजस्ती जुस पिलाइएकाले आफ्नो अनसन जारी रहेको बताएकी छन् ।

‘हिजो मेरो अनसन तोडियो भनेर चारैतिर हल्ला छ,मैले जुस खाएको भिडियो पनि हेर्नुभयो होला, तर मलाई हिजो सुताउनको लागि इन्जेक्सन दिएको थियो,’ शेर्पाले भनिन्, ‘मेरो मेन्टल्लि कन्डीसन (मानसिक अवस्ठा) ठीक नभएको बेलामा अनसन तोडाइएको भएर म त्यो अनसन तोडेको मान्दिन, मेरो होस आएदेखि नै मैले अनसन जारी राखेको छु ।’

सम्झौता पत्रमा आफूलाई भनिएको भरमा अनसन तोडेको भनिए पनि सहमतिपत्रमा आफ्नो माग अनुसारको कुनै कुरा उल्लेख नभएकाले आफ्नो अनसन जारी रहेको शेर्पाले बताइन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भक्तपुरका साहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष तारो पोख्रेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष डिमी शेर्पाको रोहवरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र नपाल स्वास्थ्यमर्की तथा कर्मचारी युनियनका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाले १० बुदे सहमति पत्रका हस्ताक्षर गरी शेर्पाको अनसन तोडाएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : २० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले