अनसन 'तोडेकी' नर्स भन्छिन्– मलाई जबरजस्ती जुस पिलाइयो | Khabarhub Khabarhub

अनसन ‘तोडेकी’ नर्स भन्छिन्– मलाई जबरजस्ती जुस पिलाइयो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद धर्मभक्त अंग प्रत्यरोपण केन्द्रकी नर्स डिक्की शेर्पाले आफूले अनसन नतोडेको बताएकी छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समय भएको वार्तापछि आन्दोलनरत नर्सका प्रतिनिधि र अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठबीच ११ बुँदे सहमति भएपछि बैशाख २७ गतेदेखि अनसन बसेकी नर्स डिक्की शेर्पा र जिता बरालको अनसन तोडेका बताइएको थियो ।

तर अनसन तोडिएको भनिएको भोलीपल्ट नै अनसन बसेकी नर्स डिक्की शेर्पाले आफूलाई अर्धचेत अवस्थामा जबरजस्ती जुस पिलाइएकाले आफ्नो अनसन जारी रहेको बताएकी छन् ।

‘हिजो मेरो अनसन तोडियो भनेर चारैतिर हल्ला छ,मैले जुस खाएको भिडियो पनि हेर्नुभयो होला, तर मलाई हिजो सुताउनको लागि इन्जेक्सन दिएको थियो,’ शेर्पाले भनिन्, ‘मेरो मेन्टल्लि कन्डीसन (मानसिक अवस्ठा) ठीक नभएको बेलामा अनसन तोडाइएको भएर म त्यो अनसन तोडेको मान्दिन, मेरो होस आएदेखि नै मैले अनसन जारी राखेको छु ।’

सम्झौता पत्रमा आफूलाई भनिएको भरमा अनसन तोडेको भनिए पनि सहमतिपत्रमा आफ्नो माग अनुसारको कुनै कुरा उल्लेख नभएकाले आफ्नो अनसन जारी रहेको शेर्पाले बताइन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भक्तपुरका साहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष तारो पोख्रेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष डिमी शेर्पाको रोहवरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र नपाल स्वास्थ्यमर्की तथा कर्मचारी युनियनका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाले १० बुदे सहमति पत्रका हस्ताक्षर गरी शेर्पाको अनसन तोडाएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : २० बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म