‘लक्ष्मी बम’को पोस्टर रिलिजपछि निर्देशकले छाडे अक्षयको फिल्म « Khabarhub

‘लक्ष्मी बम’को पोस्टर रिलिजपछि निर्देशकले छाडे अक्षयको फिल्म


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै अक्षय कुमारको प्रतीक्षित फिल्म ‘लक्ष्मी बम’ को पहिलो लूक सार्वजनिक गरिएको थियो । पोस्टरमा अक्षयको लूक देखेर यो फिल्मको चर्चा चल्न थालेको थियो । सन् २०२० मा रिलिज हुने यो फिल्मको चर्चा हुँदै गर्दा निर्देशकले फिल्म छोडेका छन् ।

यो फिल्मका निर्देशक राघव लोरेन्सले फिल्म छोडेका हुन् । उनले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै फिल्म छोडेको जानकारी गराएका हुन् । राघवले लेखे, ‘प्रिय साथी र फ्यान, यो दुनियाँमा पैसाभन्दा आत्मसम्मानले मान्यता राख्छ, मैले ‘कञ्चना’ को रिमेक ‘लक्ष्मी बम’ बाट बाहिर भएको निर्णय गरेँ ।’

यो नोटसँगै उनले तमिल कहावत पनि लेखेका छन् । उनले लेखेका छन्, ‘जुन घरमा तपाईंको इज्जत हुँदैन, त्यहाँ जानुहुँदैन, मैले एउटा मात्र कारण बताउन चाहन्न किनकि त्यहाँ धेरै कारण छन् ।’

राघबलाई यो फिल्मको फस्ट लूक मन नपरेको पनि बताइएको छ । उनले बिना जानकारी फिल्मको फस्ट लूक सार्वजनिक गरिएकोमा आफ्नो असहमति प्रकट गरेका छन् । निर्देशकलाई नै रिलिज मिति थाहा हुन्छ भने त्यो निकै दुःखको कुरा भएको उनले बताए । निर्देशक राघवले यो फिल्मको पोस्टर आफूलाई मन नपरेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : ४५ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी