‘लक्ष्मी बम’को पोस्टर रिलिजपछि निर्देशकले छाडे अक्षयको फिल्म « Khabarhub

‘लक्ष्मी बम’को पोस्टर रिलिजपछि निर्देशकले छाडे अक्षयको फिल्म


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै अक्षय कुमारको प्रतीक्षित फिल्म ‘लक्ष्मी बम’ को पहिलो लूक सार्वजनिक गरिएको थियो । पोस्टरमा अक्षयको लूक देखेर यो फिल्मको चर्चा चल्न थालेको थियो । सन् २०२० मा रिलिज हुने यो फिल्मको चर्चा हुँदै गर्दा निर्देशकले फिल्म छोडेका छन् ।

यो फिल्मका निर्देशक राघव लोरेन्सले फिल्म छोडेका हुन् । उनले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै फिल्म छोडेको जानकारी गराएका हुन् । राघवले लेखे, ‘प्रिय साथी र फ्यान, यो दुनियाँमा पैसाभन्दा आत्मसम्मानले मान्यता राख्छ, मैले ‘कञ्चना’ को रिमेक ‘लक्ष्मी बम’ बाट बाहिर भएको निर्णय गरेँ ।’

यो नोटसँगै उनले तमिल कहावत पनि लेखेका छन् । उनले लेखेका छन्, ‘जुन घरमा तपाईंको इज्जत हुँदैन, त्यहाँ जानुहुँदैन, मैले एउटा मात्र कारण बताउन चाहन्न किनकि त्यहाँ धेरै कारण छन् ।’

राघबलाई यो फिल्मको फस्ट लूक मन नपरेको पनि बताइएको छ । उनले बिना जानकारी फिल्मको फस्ट लूक सार्वजनिक गरिएकोमा आफ्नो असहमति प्रकट गरेका छन् । निर्देशकलाई नै रिलिज मिति थाहा हुन्छ भने त्यो निकै दुःखको कुरा भएको उनले बताए । निर्देशक राघवले यो फिल्मको पोस्टर आफूलाई मन नपरेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : ४५ बजे

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय