अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल र भरत अटाएनन् « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल र भरत अटाएनन्


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

उनले कप्तान विराज महर्जनको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेका छन् । यस्तै, लामो समयदेखि राष्ट्रिय टोलीको स्थायी सदस्यका रुपमा रहेका स्ट्राइकर विमल घर्ती मगर र भरत खवासलाई टोलीमा राखेका छैनन् । ‘भरत खवास र विमल दुवै खेलाडी राम्रो हुन् । तर, अभ्यासका क्रममा फिट नभएपछि टोलमा नराखिएको हुन सक्छ,’ नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने ।

टोली घोषणा गरेका प्रशिक्षक कालिनले दुवै देशसँगको मैत्रीपूर्ण खेल राम्रो हुने अपेक्षा रहेको बताएका छन् । मलेसिया र ताइपेईसँगका खेल विश्वकप २०२२ को क्वालिफायरर्सको अभ्यास खेलका रुपमा हेरिएको छ । नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताईपेईसँग खेल्नेछ ।

नेपाली टोलीः

गोलकिपरः किरण कुमार चेमजोङ, एलेन न्यौपाने, विकेस कुथु

डिफेन्डरः विराज महर्जन, सरोज दहाल, रेजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल
मिडफिल्डर तथा फरवार्डः सुनिल बल, रवि पासवाङ, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ४७ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ