उत्तर कोरियामा १४ वर्षपछि चिनियाँ नेताको राजकीय भ्रमण, सी र किमबीच आजै भेटवार्ता « Khabarhub

उत्तर कोरियामा १४ वर्षपछि चिनियाँ नेताको राजकीय भ्रमण, सी र किमबीच आजै भेटवार्ता


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका पुगेका छन् ।

सन् २००५ पछि चिनियाँ राष्ट्रपति उत्तर पुगेको यो पहिलो पटक हो ।  सीले आजै उत्तर कोरियाका शासक किम जोन उनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सी र किमबीच चीनमा भने चार पटक भेटवार्ता भइसकेको छ । आज हुने भेटमा उत्तर कोरियाको आणविक कार्यक्रम र आर्थिक विषयमा छलफल हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

चीन उत्तरका लागि निकै महत्वपूर्ण सहयोगी र मुख्य व्यापार पार्टरन पनि हो ।

चिनियाँ राष्ट्रपति जापानमा एक हप्तापछि सुरु हुने जी २० को समिट भन्दा अघि उत्तरको भ्रमणमा पुगेका हुन् । सीले जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि भेट्नेछन् ।

चिनियाँ राष्ट्रपति सीको दुई दिने उत्तर कोरिया भ्रमण चिनियाँ नेताले गरेको १४ वर्षपछिको भ्रमण हो भने सीले २०१२ मा सत्ता नेतृत्व सम्हालेपछिको पहिलो ।

दुई नेताले उत्तरको परमाणु, नाकाबन्दीका विषयमा छलफल र यही फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा ट्रम्प र किमबीच भएको कुराकानीका बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।

विश्लेषकहरुका अनुसार सीले उक्त हनोई समिटमा के भएको थियो भन्ने किम बाट जान्न चाहने र समस्या समाधानको लागि जापानमा ट्रम्पसँग पहल गर्ने अनुमान गरिएको छ ।

यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच छलफलको वातावरण बनाउन सीले भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : १४ बजे

भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले