मन्त्रिपरिषदको पत्रकार सम्मेलन आज नहुने « Khabarhub

मन्त्रिपरिषदको पत्रकार सम्मेलन आज नहुने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ ।

यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित भएको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा नियमित पत्रकार सम्मेलन नहुने जानकारी गराउँदै लेखेका छन्, ‘गत साता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

सरकारका विषयमा उठेका प्रश्नको जवाफसहित सरकारले गरेका निर्णय सार्वजनिक गर्न र सञ्चारकर्मीले उठाएका सवालको उत्तर दिन प्रत्येक हप्ता बिहीबार सरकारले पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन