मन्त्रिपरिषदको पत्रकार सम्मेलन आज नहुने « Khabarhub

मन्त्रिपरिषदको पत्रकार सम्मेलन आज नहुने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ ।

यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित भएको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा नियमित पत्रकार सम्मेलन नहुने जानकारी गराउँदै लेखेका छन्, ‘गत साता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

सरकारका विषयमा उठेका प्रश्नको जवाफसहित सरकारले गरेका निर्णय सार्वजनिक गर्न र सञ्चारकर्मीले उठाएका सवालको उत्तर दिन प्रत्येक हप्ता बिहीबार सरकारले पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : १५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट