आँपको मूल्यमा दोब्बर वृद्धि, कति पुग्यो मूल्य ? « Khabarhub

आँपको मूल्यमा दोब्बर वृद्धि, कति पुग्यो मूल्य ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ ।

फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन् ।

गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्र्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए । गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताउँछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : १९ बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने