मेलम्ची खानेपानी आयोजनाको काम सुचारु « Khabarhub

मेलम्ची खानेपानी आयोजनाको काम सुचारु


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ ।

केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ ।

सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने आउट फलको काम पनि सुरु भएको छ ।

समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वक्र्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र टेण्डर आव्हानको समय सकिएकाले यसको मूल्यांकन भईरहेको छ ।

हेडवक्रस मुहानको संरचना  निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रवक्ता शाक्यले भने, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स(साना गरी १० वटा प्याकेजमा बाँडिएको छ ।

‘पहिलो प्याकेजमा हेड वक्र्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आव्हानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ ।

एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : १४ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।