स्पोर्ट्स अवार्डसँग जोडिए सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स « Khabarhub

स्पोर्ट्स अवार्डसँग जोडिए सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स जोडिएका छन् ।

असार १७ गते आयोजना हुने अवार्डका लागि घोराही सिमेन्ट प्रालीको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स सह-प्रायोजकको रुपमा जोडिएका हुन् । एनएसजेएफले बिहिबार सगरमाथा र टर्किससँग एक बर्षे सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य संघाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै, सगरमाथा सिमेन्टले दोस्रो पटक अवार्डससँग सहकार्य गरेको हो । टर्किस भने पहिलो पटक सह-प्रायोजकको रुपमा एनएसजेएफसँग जोडिएको हो । सम्झौतासँगै सगरमाथाले अवार्डलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

टर्किस एयरलाईन्सले बर्षको उत्कृष्ट पुरुष र महिला विधाका विजेता खेलाडीलाई टर्किस एयरलाईन्सको सेवा भएको कुनैपनि गन्तब्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउँनेछ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ३३ बजे

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि