आगलागी एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति « Khabarhub

आगलागी एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका–८ शेराकुनास्थित एक घरमा भएको आगलागीबाट १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एउटा घर जलेर नष्ट भएको हो । आगलागीबाट बेसीशहर नगरपालिका ८ का नारायणबहादुर सूर्यालको जस्ताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।  बिहीबार दिउँसो आगलागी भएपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

‘आगलागीबाट माथिल्लो तलाका सबै लत्ताकपडाका साथै फर्निचरका सामानमा समेत क्षति पुगेको छ,’ प्रहरी निरीक्षक पाण्डेले भने । आगलागी पीडित परिवारवारलाई लमजुङ उद्योग वाणिज्य संघले राहतका साथै बस्ने व्यवस्था समेत मिलाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : १९ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै