आगलागी एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति « Khabarhub

आगलागी एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका–८ शेराकुनास्थित एक घरमा भएको आगलागीबाट १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एउटा घर जलेर नष्ट भएको हो । आगलागीबाट बेसीशहर नगरपालिका ८ का नारायणबहादुर सूर्यालको जस्ताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।  बिहीबार दिउँसो आगलागी भएपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

‘आगलागीबाट माथिल्लो तलाका सबै लत्ताकपडाका साथै फर्निचरका सामानमा समेत क्षति पुगेको छ,’ प्रहरी निरीक्षक पाण्डेले भने । आगलागी पीडित परिवारवारलाई लमजुङ उद्योग वाणिज्य संघले राहतका साथै बस्ने व्यवस्था समेत मिलाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : १९ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का