इरानले अमेरिकी ड्रोन खसालेपछि बाक युद्ध चर्कियो « Khabarhub

इरानले अमेरिकी ड्रोन खसालेपछि बाक युद्ध चर्कियो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले अमेरिकी सैनिक ड्रोन खसालेपछि अमेरिका र इरानबीच बाकयुद्ध चर्किएको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय आकाशमा उडिरहेको आफ्नो नौसेनाको ड्रोन बिनाकारण खसालेको आरोप लगाएको छ भने इरानले आफ्नो जलक्षेत्रमाथिको आकाशमा उडिरहेको अमेरिकी जासुसी चालकरहित विमान खसालेको दाबी गरेको छ । इरानले अमेरिकाले युद्ध नै चाहेको हो भने आफ्ना सैनिक तयारी अवस्थामा रहेको चेतवानी समेत दिएको छ ।

इरानले आफ्नो मुलुकको होर्मुजगान प्रान्तको जलक्षेत्रमाथिको आकाशमा उडिरहेको अमेरिकी ‘आरक्यू–४ ग्लोबल हक’ नामक ड्रोन स्थानीयस्तरमा उत्पादित ‘३ कोहार्द’ नामक क्षेप्यास्त्रद्वारा खसालिएको दाबी गरेको छ । अर्को तर्फ अमेरिकाले भने अन्तर्राष्ट्रिय आकाशमा उडान भरेको अमेरिकी नौसेनाको ‘एमक्यू–४जी ट्राइटन’ नामक ड्रोन खसालिएको जनाएको छ ।

अमेरिकाले बिनाकारण उक्त आक्रमण गरिएको दाबी गरेको छ । इरानले उक्त ड्रोनले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको र यस्तो कदम असह्य रहेको चेतावनी समेत दिएको छ ।

केही समयअघिमात्र त्यस क्षेत्रमा तेल बोकेका दुई ट्यांकरमा आक्रमण भएपछि मध्यपूर्वमा तनाव चर्किरहेको छ । अमेरिका र साउदी अरबसहित अन्य खाडीका मुलुकले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् भने इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ९ : १८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले