पदोन्नति भएका २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

पदोन्नति भएका २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतलाई विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयले असार ३ गते गरेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका एक, प्रहरी उपरीक्षकमा पदोन्नति भएका आठ, प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका सात, प्रहरी निरीक्षकमा पदोन्नति भएका पाँच गरी २१ जना प्रहरी अधिकृतलाई विहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पदोन्नति भएका अधिकृतमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखाअन्तर्गतका छन् । सो अवसरमा उनले सङ्गठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न व्यावसायिक भावनाका साथ काम गर्न सवैलाई निर्देशन दिए ।

उनले व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने भएकाले सङ्गठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर नहिँड्न समेत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गाप्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्तिविकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माणमा उपलब्धि हासिल भएको उल्लेख गर्दै दृढ इच्छाका साथ काम गर्नुपर्ने थप आवश्यकता रहेको औँल्याएका थिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ९ : २६ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर