बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ « Khabarhub

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १२ : ०१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले