बेलायतको तेल ट्यांकर इरानले नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढ्दो « Khabarhub

बेलायतको तेल ट्यांकर इरानले नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढ्दो


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानले होरमुजको खाडी क्षेत्रमा बेलायतको एक तेल ट्यांकरलाई नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढेको छ ।

बेलायती विदेशमन्त्री जेरेमी हन्टले इरानले नियन्त्रणमा लिएको तेल ट्यांकरलाई तुरुन्त नछाडे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘यदि इरानले बेलायतमा दर्ता भएको तेल ट्यांकरलाई तुरुन्त छाडेन भने यसको गम्भीर परिणाम हुन सक्छ ।’ यही बीचमा बेलायतले होरमुज खाडी क्षेत्र हुँदै हिंड्ने बेलायती पानीजहाजहरूलाई सावधान हुन निर्देशन दिइसकेको छ ।

स्टेना इम्पेरो नामको तेल ट्यांकर जसलाई इरानले नियन्त्रणमा लिएको छ । तेल ट्यांकरका मालिकले आफु आफ्नो जहाजसँग सम्पर्कमा नभएको बताएका छन् । जहाजमा २३ जना मानिस थिए र जहाज अहिले इरानतर्फ गइरहेको छ ।

लाईबेरियामा दर्ता भएको एक बेलायती तेल ट्यांकरलाई पनि इरानले कब्जामा लिएको थियो । उक्त ट्यांकरलाई भने अहिले इरानले छाडेको छ ।
इरानले कब्जामा लिएको द मेस्दार नामको जहाज पुनः सम्पर्कमा आएको जहाजका मालिकले बताएका छन् ।

आफ्नो जहाजलाई इरानले कब्जामा लिएपछि बेलायतको पानीजहाजसम्बन्धी समितिको दुईपटक आपतकालीन बैठक बसिसकेको छ । बेलायती सरकारका एक प्रवक्ताले भने, ‘हाम्रो सरकार इरानको यस कारवाहीलाई लिएर चिन्तित छ र यसबाट आवतजावतमा रहेको अन्तर्राष्ट्रिय स्वतन्त्रतामाथि स्पष्ट चुनौती पैदा भएको छ । हामीले केही समयसम्मका लागि बेलायती जहाजहरूलाई हरमुज क्षेत्रमा नजान निर्देशन दिएका छौं ।’

जहाज कब्जामा लिएको कुरालाई इरान स्वयंले पुष्टि गरको छ । इरानको समाचार सेवा तसनीमको रिपोर्टअनुसार इरानको बन्दरगाह र समुद्रसम्बन्धी एक संस्थाले भनेको छ, ‘हामीलाई बेलायती तेल ट्यांकरमा केही समस्या रहेको सूचना प्राप्त भएको थियो, त्यही भएर हामीले हाम्रो सुरक्षाकर्मीहरूलाई जाँचका लागि उक्त जहाज अब्बास बन्दरगाह लैजाने निर्देशन दियौं ।’

उक्त रिपोर्टअनुसार इरानले उक्त जहाजले नियम पालना नगरेकाले कब्जामा लिएको बताइएको छ । उक्त जहाजले जीपीएस बन्द गरेको थियो, बाटो बिराएको थियो र चेतावनीलाई नजरअन्दाज गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १ : १२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित