बेलायतको तेल ट्यांकर इरानले नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढ्दो « Khabarhub

बेलायतको तेल ट्यांकर इरानले नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढ्दो


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानले होरमुजको खाडी क्षेत्रमा बेलायतको एक तेल ट्यांकरलाई नियन्त्रणमा लिएपछि दुई देशबीच तनाव बढेको छ ।

बेलायती विदेशमन्त्री जेरेमी हन्टले इरानले नियन्त्रणमा लिएको तेल ट्यांकरलाई तुरुन्त नछाडे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘यदि इरानले बेलायतमा दर्ता भएको तेल ट्यांकरलाई तुरुन्त छाडेन भने यसको गम्भीर परिणाम हुन सक्छ ।’ यही बीचमा बेलायतले होरमुज खाडी क्षेत्र हुँदै हिंड्ने बेलायती पानीजहाजहरूलाई सावधान हुन निर्देशन दिइसकेको छ ।

स्टेना इम्पेरो नामको तेल ट्यांकर जसलाई इरानले नियन्त्रणमा लिएको छ । तेल ट्यांकरका मालिकले आफु आफ्नो जहाजसँग सम्पर्कमा नभएको बताएका छन् । जहाजमा २३ जना मानिस थिए र जहाज अहिले इरानतर्फ गइरहेको छ ।

लाईबेरियामा दर्ता भएको एक बेलायती तेल ट्यांकरलाई पनि इरानले कब्जामा लिएको थियो । उक्त ट्यांकरलाई भने अहिले इरानले छाडेको छ ।
इरानले कब्जामा लिएको द मेस्दार नामको जहाज पुनः सम्पर्कमा आएको जहाजका मालिकले बताएका छन् ।

आफ्नो जहाजलाई इरानले कब्जामा लिएपछि बेलायतको पानीजहाजसम्बन्धी समितिको दुईपटक आपतकालीन बैठक बसिसकेको छ । बेलायती सरकारका एक प्रवक्ताले भने, ‘हाम्रो सरकार इरानको यस कारवाहीलाई लिएर चिन्तित छ र यसबाट आवतजावतमा रहेको अन्तर्राष्ट्रिय स्वतन्त्रतामाथि स्पष्ट चुनौती पैदा भएको छ । हामीले केही समयसम्मका लागि बेलायती जहाजहरूलाई हरमुज क्षेत्रमा नजान निर्देशन दिएका छौं ।’

जहाज कब्जामा लिएको कुरालाई इरान स्वयंले पुष्टि गरको छ । इरानको समाचार सेवा तसनीमको रिपोर्टअनुसार इरानको बन्दरगाह र समुद्रसम्बन्धी एक संस्थाले भनेको छ, ‘हामीलाई बेलायती तेल ट्यांकरमा केही समस्या रहेको सूचना प्राप्त भएको थियो, त्यही भएर हामीले हाम्रो सुरक्षाकर्मीहरूलाई जाँचका लागि उक्त जहाज अब्बास बन्दरगाह लैजाने निर्देशन दियौं ।’

उक्त रिपोर्टअनुसार इरानले उक्त जहाजले नियम पालना नगरेकाले कब्जामा लिएको बताइएको छ । उक्त जहाजले जीपीएस बन्द गरेको थियो, बाटो बिराएको थियो र चेतावनीलाई नजरअन्दाज गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १ : १२ बजे

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक