अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको अपिल « Khabarhub

अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको अपिल


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययनका क्रममा अस्ट्रेलिया पुगेर अलपत्र परेका नेपालीको तत्काल उद्धार गरी उचित शैक्षिक प्रबन्धको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले अलपत्र परेका नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न माग गरेका छन् । पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुसार तत्कालै व्यवस्थापनमा अग्रसरता देखाउन पनि शर्माले अपिल गरेका छन् ।

अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाले गम्भीर बनाएको बताउँदै शर्माले नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन गरिसकेको पनि बताएका छन् ।

हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेको घटनाले आम नेपाली अनुगृहित रहेको भएपनि केही कन्सल्टेन्सीले गरेको बदमासीका कारण समस्या उत्पन्न हुने भएकाले त्यसलाई सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्ने बताए ।

अस्ट्रेलियाको एक नर्सिङ कलेजमा पढिरहेका विद्यार्थीको पढाईले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थी प्रभावित भएका हुन् । त्यहाँ एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।

डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेजमा पुगेका नेपाली विद्यार्थीको पढाइले मान्यता नपाउने भएपनि अन्यौलता बढेको हो। उनीहरुले आफ्नो पढाइले मान्यता नपाए बिचल्ली हुने बताएका छन् ।

कलेज सञ्चालन गर्न र पढाउने अनुमति पाएपनि नर्सिङ काउन्सिलबाट लिनुपर्ने स्वीकृति नलिएका कारण त्यहाँ पढ्ने विद्यार्थीले अस्पताल तथा स्वास्थ्य संस्थामा इन्टर्नसीप गर्न पाउने छैनन् । जसका कारण विद्यार्थीको डेढ वर्षको पढाई खेर जाने देखिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १ : २१ बजे

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको

मिसेस नेपालको आवेदन खुल्यो

काठमाडौं – विवाहित महिलाका लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

काठमाडौं– नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले