अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको अपिल « Khabarhub

अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको अपिल


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययनका क्रममा अस्ट्रेलिया पुगेर अलपत्र परेका नेपालीको तत्काल उद्धार गरी उचित शैक्षिक प्रबन्धको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले अलपत्र परेका नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न माग गरेका छन् । पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुसार तत्कालै व्यवस्थापनमा अग्रसरता देखाउन पनि शर्माले अपिल गरेका छन् ।

अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाले गम्भीर बनाएको बताउँदै शर्माले नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन गरिसकेको पनि बताएका छन् ।

हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेको घटनाले आम नेपाली अनुगृहित रहेको भएपनि केही कन्सल्टेन्सीले गरेको बदमासीका कारण समस्या उत्पन्न हुने भएकाले त्यसलाई सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्ने बताए ।

अस्ट्रेलियाको एक नर्सिङ कलेजमा पढिरहेका विद्यार्थीको पढाईले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थी प्रभावित भएका हुन् । त्यहाँ एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।

डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेजमा पुगेका नेपाली विद्यार्थीको पढाइले मान्यता नपाउने भएपनि अन्यौलता बढेको हो। उनीहरुले आफ्नो पढाइले मान्यता नपाए बिचल्ली हुने बताएका छन् ।

कलेज सञ्चालन गर्न र पढाउने अनुमति पाएपनि नर्सिङ काउन्सिलबाट लिनुपर्ने स्वीकृति नलिएका कारण त्यहाँ पढ्ने विद्यार्थीले अस्पताल तथा स्वास्थ्य संस्थामा इन्टर्नसीप गर्न पाउने छैनन् । जसका कारण विद्यार्थीको डेढ वर्षको पढाई खेर जाने देखिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १ : २१ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय