पेनाल्टी ‘मिस’ले म्यानचेस्टर र उलभ्सको बराबरी « Khabarhub

पेनाल्टी ‘मिस’ले म्यानचेस्टर र उलभ्सको बराबरी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेको खेलमा युनाईटेड जित निकाल्न असफल रह्यो ।

खेलमा अग्रता पाहुना टोली युनाईटेडले खेलको २७ औ मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : १५ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा