पाकिस्तानी प्रधानमन्त्री इमरानले सेना प्रमुखको सेवाअवधि किन ३ वर्ष थपे « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री इमरानले सेना प्रमुखको सेवाअवधि किन ३ वर्ष थपे


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाललाई तीन वर्ष थपेका छन् ।

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गरी सेना प्रमुखको कार्यकाल बढाएको जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख गरिए अनुसार जनरल बाजवाको कार्यकाल बढाउने निर्णय सुरक्षास्थितिलाई ध्यानमा राखेर लिइएको हो।

सेना प्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो। बाजवाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व संहालेको बीबीसीले जनाएको छ । उनलाई तत्कालिन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए।

जारी गरिएको विज्ञप्ति

जनरल बाजवा यही नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए जसको दुई महिनाअघि उनको म्याद थपिएको हो। प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको संक्षिप्त सूचना अनुसार “जनरल कमर जावेद बाजवालाई तीन वर्षको थप एक अतिरिक्त कार्यकालका लागि सेनापतिमा नियुक्त गरिएको हो।”

देशका मामिलामा सेनाको प्रभावका कारण सेना प्रमुखको नियुक्ति वा उसको कार्यकाल प्रधानमन्त्रीको एउटा महत्त्वपूर्ण निर्णयका रूपमा हेरिन्छ। यसले सरकार-सेना सम्बन्धलाई समेत परिभाषित गर्छ। जानकारहरूका भनाइमा यसको सिधा असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा पर्नेछ।

विश्लेषकहरूका भनाइमा जनरल बाजवा र इमरान खानबिचको सम्बन्ध निकै अद्भूत छ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ३१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले