५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश « Khabarhub

५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ ।

आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्या सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न अदालत पेश गरिएको हो ।

गत बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा काठमाडौंको कलंकीबाट पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलाशले लामिछानेसहित ३ जनाविरुद्ध अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको थियो ।

अनुसन्धानका लागि थपिएको ५ दिनको म्याद पूरा भएपछि मंगलबार पुनः अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : ५६ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र