राति ८ बजे कार्यालय छिरेका थिए सिंहदरबारमा मृत भेटिएका कर्मचारी « Khabarhub

राति ८ बजे कार्यालय छिरेका थिए सिंहदरबारमा मृत भेटिएका कर्मचारी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र मंगलबार मृत फेला परेका कर्मचारी बच्चुराम केसी सोमबार राति ८ बजे कार्यालय आएको देखिएको छ ।

योजना आयोगको सिसिटिभी फुटेजमा देखिएअनुसार ४५ वर्षीय केसी सोमबार कार्यालय समय सकिएर साढे ५ बजेतिर घर गएका थिए । तर, घर पुगिसकेपछि केसी राति ८ बजेतिर पुनः कार्यालयभित्र छिरेको देखिएको योजना आयोग स्रोतले खबरहबलाई जानकारी दियो ।

‘कार्यालय समय सकिएपछि उहाँ (केसी) साढे ५ बजेतिर घर गएको देखिन्छ,’ योजना आयोग स्रोतले खबरहबसँग भन्यो, ‘पछि राति ८ बजेतिर पुनः कार्यालय छिरेको देखिन्छ ।’

योजना आयोगको प्रशासन शाखाका नायव सुब्बा ४५ वर्षीय केसीको शव आयोगको मिटिङ हलमा फेला परेको थियो । मंगलबार बिहान ११ बजेतिर कार्यालयको बैठक बस्ने तयारी भइरहेका बेला केसीको शब फेला परेको स्रोतले खबरहबलाई जानकारी दियो ।

‘एकजना कार्यालय सहयोगी वैठकका लागि तयारी गर्न भित्र छिर्दा केसीको शव भेटिएको हो,’ योजना आयोग स्रोतले खबरहबसँग भन्यो, ‘केसीको शव भेटिएपछि अहिले बैठक बसेको छैन ।’

केसीको शव भेटिएको टाउँमा उनले वान्ता गरेको देखिएको स्रोतले खबरहबलाई जानकारी दियो । शव नजिकै उनले वान्ता गरेको देखिएकाले बिष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि प्रहरीले भने शवको परीक्षण गरेपछि मात्रै थप विवरण सार्वजनिक हुने जनाएको छ ।

काठमाडौंको कीर्तिपुर घर भएका ४५ वर्षीय केसीका श्रीमतिसहित एक छोरा र छोरी छन् । छोरी सानै रहेको र छोरा अध्ययनका लागि हाल अस्ट्रेलिया रहेका जनाइएको छ ।


प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ०१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही