पाटनमा मनाइयो ३ सय ८७ वर्ष पुरानो नरसिंह जात्रा « Khabarhub

पाटनमा मनाइयो ३ सय ८७ वर्ष पुरानो नरसिंह जात्रा


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– काठमाडौँ उपत्यकाको पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि शुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ ।

मंगलबार मंगलबजारको तुइलाक्वः टोलबाट नरसिंहसहित देवदेवीको यात्रा शुरु भएको छ । जात्रा शुरु हुनु अगाडि पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरमा सबैको कल्याणको कामना गर्दै नरसिहंको विशेष पूजा गर्ने चलन छ । जात्रामा भगवान नृसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा राखिन्छ ।

बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ । जात्रामा अप्सराहरूले नरसिंह भगवान हिँड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब ३ सय ८७ वर्ष पुरानो भएको लिखित इतिहास रहेको भनाइ छ ।

नरसिंह जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारालगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।

यो जात्रा बिष्णु भक्त प्रह्लादलाई उद्दार गर्न भगवान विष्णुले नरसिंह अवतार लिई दानव हिरण्डकश्यपुको वध गरेको सम्झनामा मनाइएको मानिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने