१६ दिनपछि खुल्यो मध्यपहाडी लोकमार्ग « Khabarhub

१६ दिनपछि खुल्यो मध्यपहाडी लोकमार्ग


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बाढीले क्षति पुर्‍याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मंगलबार दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ ।

“सानाठूला सबै सवारीसाधन आउजाउ गर्न थालेका छन्”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने । एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन भने शुक्रबारदेखि नै एकतर्फीरूपमा चल्न थालेका थिए । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २ सय मिटर लोकमार्ग बगाएपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको थियो । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो ।

लोकमार्ग हुँदै छोटो तथा लामो दूरीमा छुट्ने सवारीसाधन पूर्ववत् अवस्थामा चल्न थालेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको थियो ।

पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका थिएनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात सेवा रोकिएको थियो । लोकमार्ग खुलेसँगै अवरुद्ध भएको ठाउँमा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ठप्पै बनेको खाद्यान्न र निर्माण सामग्रीको ढुवानी पनि पुनःसञ्चालन भएको छ । लोकमार्ग खुल्न थप ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था थियो ।

आयोजना व्यवस्थापनले पनि भदौ ५ गतेभित्र लोकमार्ग खोल्ने लक्ष्य लिएको थियो । तत्काललाई अस्थायी मार्ग खोले पनि पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ ।

“नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समयसम्म लोकमार्ग अवरुद्ध पारेको थियो । सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा कृतिम ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : ४५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग