माफियातन्त्र क्यान्सर झैं फैलिएको डा केसीको आरोप, फेरि अनसन बस्ने चेतावनी | Khabarhub Khabarhub

माफियातन्त्र क्यान्सर झैं फैलिएको डा केसीको आरोप, फेरि अनसन बस्ने चेतावनी


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले १७ औं पटक अनसन शुरुगर्ने चेतावनी दिएका छन् ।

सरकारले आफ्नो १५ औं अनसनमा गरेको सहमति तत्काल कार्यान्वयनको माग गर्दै डा. केसीले माग पूरा नगरे १७ औं अनसन बस्ने चेतावनी दिएका हुन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीले प्रबुद्ध नागरिकहरुको आग्रहमा १६ औं अनसनका कार्यक्रम केही समयलाई स्थगित गरेको भन्दै चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण गराए ।

उनले सहमति विपरीत सरकार अघि बढेमा जुनसुकै समयमा आमरण अनसन सहितको सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् ।

डाक्टर केसीले पछिल्लो समय गण्डकी मेडिकल कलेज लगायत विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को शुल्क असुलेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारवाहीको माग समेत गरेका छन् ।

डा केसीले अख्तियारका आयुक्त राजनारायण सिंह पाठको घुस प्रकरणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली जानकार भए पनि वेवस्ता गरेको आरोप समेत लगाएका छन् ।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘सो विषय बाहिर मिडियामा आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहिनताको चरम नमूना हो ।’

डा केसीले माफिया नेताहरुको कालो धन सेतो बनाउन र माफिया व्यापारीको स्वार्थ पूरा गराउनका लागि निषेधको राजनीति गरेर माफियामुखी चिकित्सा शिक्षा ऐन संसदबाट पास गराएको भन्दै प्रधानमन्त्री ओली सरकार जनताका लागि नभएर भ्रष्ट, माफिया, विचौलियाका लागि काम गर्छन् भन्ने प्रमाणित भएका आरोप समेत लगाएका छन् ।

डा केसीले देशमा भ्रष्टाचार,लुटतन्त्र,अपराध,दण्डहिनता,माफियातन्त्र क्यान्सर झैं फैलिएको बताएका छन् ।

हेनुस् पुरा विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सस्तो सुलभ र गुणस्तरीय हुनुपर्छ साथै देशमा सुशासन कायम हुनुपर्छ भन्दै हामी पटक पटक लड्दै आएको कुरा सर्व्विदितै छ । यसै सिलसिलामा देशमा व्याप्त केही घटना प्रति हाम्रो ध्यानाकर्षण भएको छ।
१. गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अबैध शुल्क उठाएको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो । शुल्कको विषयमा हामीसँग सम्झौता भई नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारवाही गर्न माग गर्दछौं । साथै हाल आन्दोलनरत बिद्यार्थिको माग प्रति ऐक्यबद्धता जनाउँदै, उनीहरुको माग अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौं ।
२ चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी २ वर्ष अगाडि नै हामीले महाभियोग लगाउन माग गरिएको अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाइ सो समयमा कारवाही नगरिएकाले हालको अवस्था सिर्जना भएको हो । पाठकको घुस प्रकरण चार महिना अगाडि नै प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वयमले थाहा पाएर गुपचूप रहनु गम्भीर विषय हो । सो विषय बाहिर मिडियामा आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो। माफिया नेताहरुको कालो धन सेतो बनाउन र माफिया व्यापारीको स्वार्थ पूरा गराउनका लागि निषेधको राजनीति गरेर माफियामुखी चिकित्सा शिक्षा ऐन संसदबाट पास गर्ने (तथा गराउने )प्रम ओली लगायत सत्तासिन दलका नेता र सांसद भ्रष्ट पदाधिकारीलाई महाअभियोग लगाउने विषयमा मौन हुनुले उनीहरु जनताका लागि नभएर भ्रष्ट, माफिया, विचौलियाका लागि काम गर्छन् भन्ने प्रमाणित भएको छ । एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनु प्रम ओलीको दोहोरो चरित्र स्पष्ट छ। कारवाही नगरी उन्मुक्ति दिँदा एकपछि अर्का यस्ता पात्रको उदय भइरहेको छ । तसर्थ आयुक्त पाठकलाइ कानुनी कठघरामा उभ्याएर कानुन अनुसार कारवाही गर्न माग गर्दछौं। साथै हाम्रै आन्दोलनबाट पदीय दुरुपयोग गरी हटाइएका तर कारवाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कानुन अनुसार कारवाही गर्न माग गर्दछौं।
३. संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा हाम्रो गम्भीर आपत्ति रहेको छ। नागरिकले देशमा व्याप्त दण्डहीनता, कुशासन विरुद्ध लगायतका विभिन्न विषयमा सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवारी बनाउँदै आइरहेका छन् । हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुनबाट वञ्चित गर्नुका साथै वाक् स्वतन्त्रता बाट समेत वञ्चित हुने देखिन्छ। जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन । सो विधेयक संसदबाट पारित गरेमा यसको विरुद्ध भद्र अवज्ञा गर्ने जानकारी गराउँदछौं । साथै नागरिकलाई समेत यसको विरुद्ध आवाज उठाउन अनुरोध गर्दछौं ।
यस्तै देशमा अहिले भ्रष्टाचार,लुटतन्त्र,अपराध,दण्डहीनता,माफियातन्त्र क्यान्सरझैं फैलिएको छ । स्मरण रहोस्, जननिर्वा्चित कार्यकारी प्रमुखको नाताले यस्तो भद्रगोलका लागि सबैभन्दा मुख्य जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ । जवसम्म प्रम ओली लगायत शीर्षस्थ नेतालाई जिम्मेवार बनाइदैन तबसम्म यी घटना नियन्त्रणमा आउदैनन् । तसर्थ सुशासन कायमका लागि प्रम लगायत शीर्षस्थ नेतालाई जिम्मेवार र जवाफदेहिता बनाउनुको बिकल्प छैन ।
अन्त्यमा, प्रबुद्ध नागरिकहरुको आग्रहमा हामीले १६ औं अनसनका कार्यक्रम केही समयलाई स्थगित गरेका थियौं । चिकित्सा शिक्षा विधेयकमा हामीसँग १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौ । साथै १५औ सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्यवन गर्न जोड़दार माग गर्दछौ ।
अन्यथा, सहमति विपरीत अघि बढेमा जुनसुकै समयमा आमरण अनसन सहितको सत्याग्रह सुरु गर्ने चेतावनी दिन चाहन्छौं ।
डा गोविन्द केसी
२०७५र११र०८
शिक्षण अस्पताल, महाराजगंज

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : ५६ बजे

डढेलोमा परी घाइते भएकी एक महिलाको मृत्यु

डोटी– वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम