किम जोङ उन रेलबाटै भियतनाम जाने « Khabarhub

किम जोङ उन रेलबाटै भियतनाम जाने


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाको सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताका लागि अर्को साता भियतनाम जान रेलमार्गको प्रयोग गर्ने भएका छन् । उत्तर कोरियाबाट भियतनाम जान हजारौं किलोमिटर चीनको बाटो हुँदै सर्वोच्च नेता किमले रेलमार्गको प्रयोग गर्नेछन् ।

किम फेब्रुअरी २५ मा हनोई आइपुग्ने कार्यक्रम छ । त्यसका लागि उनी त्यसको केही दिनअघि उत्तर कोरियाको प्योङ्याङबाट विशेष सुरक्षासहितको रेल चढ्ने कार्यक्रम छ । उनी चीनको बाटो हुँदै भियतनामको डोङ डाङ रेल स्टेशनमा उत्रिने र त्यहाँबाट मोटरबाटो भएर १ सय ७० किलोमिटरको दुरीमा रहेको हनोई पुग्ने जनाइएको छ ।

उत्तर कोरियाली नेताहरुले विदेश भ्रमणका लागि रेलको प्रयोग गर्दै आएका छन् । यसअघिका उत्तर कोरियाली नेताहरु किम इल सुङ र किम जोङ इलले पनि आफ्ना अधिकांश विदेश भ्रमणका लागि रेलको प्रयोग गर्ने गरेका थिए । सर्वोच्च नेता किमले यसअघि दुईपटक चीनको भ्रमण गर्दा पनि रेलकै प्रयोग गरेका थिए । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अघिल्लो वर्ष सिङ्गापुरमा शिखर वार्ता गर्दा भने किमले एअर चाइनाको विशेष विमान प्रयोग गरेका थिए ।

यसैबीच, भियतनामले दुई नेताबीचको शिखर वार्तालाई विशेष महत्व दिएको जनाएको छ । दुई नेताबीच हनोईमा रहेको सरकारी पाहुनागृहमा शिखर वार्ता हुने जनाइएको छ । यसका लागि किम जोङ उन सरकाी पाहुनागृहनजिकै रहेको मेलिया होटेलमा बस्ने संभावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ३० बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक