धैर्यतालाई कमजोरी नठान्न राजपाको चेतावनी « Khabarhub

धैर्यतालाई कमजोरी नठान्न राजपाको चेतावनी


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको प्रतिवद्धता तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राजपा सांसद लक्ष्मण लाल कर्णले अविलम्व संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले गरेका प्रतिवद्धता पूरा गर्नबाट पछि हटे सरकार र राज्यप्रतिको विश्वास घटेर जाने भन्दै उनले आफूहरुको धैर्यतालाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिए ।  उनले समर्थन फिर्ता लिने, सडकमा जाने र संसद घेराउ गर्ने जस्ता उछृंखल गतिविधि गर्न आफूहरुलाई बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद कर्णले संविधान संसोधन र राजनीतिक आन्दोलनका क्रममा नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको लागि प्रतिवद्धता जनाएकाले सरकारलाई समर्थन गरेको स्मरण गराउदै सरकारको आश्वासमा धेरै दिन धैर्य गर्न नसक्ने बताए ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा पनि राजपाका सांसदहरुले संविधान संसोधन, मधेस आन्दोलनका क्रममा आफूहरुका कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ५९ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित