बेलायतका तीन कन्जरभेटिभ सांसद् पनि स्वतन्त्र समूहमा « Khabarhub

बेलायतका तीन कन्जरभेटिभ सांसद् पनि स्वतन्त्र समूहमा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका ३ सांसद्ले नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसद्हरु हेइडी एलन, सारा वाल्स्टन र एना सोउब्रीले कन्जभेटिभ पार्टीको वर्तमान संस्थापन उग्रदक्षिणपन्थी भएको भन्दै उनीहरुले मध्यपन्थी नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री टरिजा मेलाई पत्र लेख्दै पार्टीबाट राजीनामा दिएको पुष्टि गरेका हुन् । केही दिनअघि मात्रै विपक्षी लेबर पार्टीका ७ सांसद्ले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र समूह गठन गरेको घोषणा गरेका थिए ।

हिजोमात्र लेबर पार्टीकी जोअन रायनले पनि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र समूहमा आबद्ध भएको जनाएकी थिइन् । यससँगै स्वतन्त्र समूहको सांसद् सदस्य सङ्ख्या ११ पुगेको छ । स्वतन्त्र समूहले तत्कालै पार्टी गठनका लागि प्रकृया अघि नबढाएपनि यो समूह बेलायती संसद्मा कन्जभेटिभ, लेबर र स्कटिस नेशन पार्टी पछि लिबरल डेमोक्र्याटसँगै संयुक्त रुपमा चौथो ठूलो शक्ति बनेर उदाएको छ ।

यता तीन कन्जरभेटिभ सांसद्ले राजीनामा दिएपछि कन्जभेटिभ पार्टी र डेमोक्र्याटिक युनियनिष्ट पार्टीको गठबन्धनबाट बनेको बेलायत सरकरको बहुमत यसअघि १२ रहेकोमा अब केबल ९ मा झरेको छ ।

यो समूहले बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा पुनः जनमत सङ्ग्रहको माग गर्दै आएको छ । यससँगै बेलायत युरोपेली युनियनमै रहनुपर्ने मतका अरु सांसद्पनि यो समूहमा आबद्ध हुनसक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ३० बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले