बेलायतका तीन कन्जरभेटिभ सांसद् पनि स्वतन्त्र समूहमा « Khabarhub

बेलायतका तीन कन्जरभेटिभ सांसद् पनि स्वतन्त्र समूहमा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका ३ सांसद्ले नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसद्हरु हेइडी एलन, सारा वाल्स्टन र एना सोउब्रीले कन्जभेटिभ पार्टीको वर्तमान संस्थापन उग्रदक्षिणपन्थी भएको भन्दै उनीहरुले मध्यपन्थी नवगठित स्वतन्त्र समूहमा आबद्ध हुने घोषणा गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री टरिजा मेलाई पत्र लेख्दै पार्टीबाट राजीनामा दिएको पुष्टि गरेका हुन् । केही दिनअघि मात्रै विपक्षी लेबर पार्टीका ७ सांसद्ले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र समूह गठन गरेको घोषणा गरेका थिए ।

हिजोमात्र लेबर पार्टीकी जोअन रायनले पनि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र समूहमा आबद्ध भएको जनाएकी थिइन् । यससँगै स्वतन्त्र समूहको सांसद् सदस्य सङ्ख्या ११ पुगेको छ । स्वतन्त्र समूहले तत्कालै पार्टी गठनका लागि प्रकृया अघि नबढाएपनि यो समूह बेलायती संसद्मा कन्जभेटिभ, लेबर र स्कटिस नेशन पार्टी पछि लिबरल डेमोक्र्याटसँगै संयुक्त रुपमा चौथो ठूलो शक्ति बनेर उदाएको छ ।

यता तीन कन्जरभेटिभ सांसद्ले राजीनामा दिएपछि कन्जभेटिभ पार्टी र डेमोक्र्याटिक युनियनिष्ट पार्टीको गठबन्धनबाट बनेको बेलायत सरकरको बहुमत यसअघि १२ रहेकोमा अब केबल ९ मा झरेको छ ।

यो समूहले बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा पुनः जनमत सङ्ग्रहको माग गर्दै आएको छ । यससँगै बेलायत युरोपेली युनियनमै रहनुपर्ने मतका अरु सांसद्पनि यो समूहमा आबद्ध हुनसक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको