टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर) « Khabarhub

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ ।

विसं २०७२ साल असोज ३ गते अर्थात आजकै दिन पहिलो पटक जनताका प्रतिनिधिको सभाबाट संविधान जारी भएको थियो ।

संविधान जारी भएको दिनलाई सरकारले संविधान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

संविधान दिवसको अवसर पारेर आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यसअघि आज विहानै संविधान दिवसको अवसर पारेर राजधानीसहित देशका विभिन्न स्थानमा प्रभातफेरि र कार्यक्रमहरु आयोजना गरिएको थियो ।

राजधानीको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानन्त्री, मन्त्रीहरु र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि बताए ।

हेरौं केही तस्वीर–

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १ : ३४ बजे

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन