राति अबेरसम्म निन्द्रा लाग्दैन ? यी १० काम गर्नुहोस् « Khabarhub

राति अबेरसम्म निन्द्रा लाग्दैन ? यी १० काम गर्नुहोस्


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ ।

झन् प्रविधि र मोबाइलमा बढ्दै गएको मानिसको चासोका कारण अधिकाशं मानिस समयमा निदाउन सक्दैनन् । यसरी अबेर रातिसम्म ननिदाउँदा मानिसमा केही रोग तथा शारीरिक समस्याहरु देखा पर्न थालेका छन् ।

जसका कारण समयमा नसुतेकै कारण निम्तने रोगको उपचारमा ठूलो खर्च गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ । यसरी अबेरसम्म निदाउँन नसक्नेका लागि केहि टिप्सहरु छन् । जसले समयमा निदाउँन मद्दत गदर्छ ।

१. बानी बसेको दैनिकीभन्दा २ घण्टा अगाडि उठ्ने र बिहान मर्निङ वाकमा जाने ।

२. समयानुकुल अनुसार विहानको खाजा र खाना १ घण्टा चाडै खाने ।

३. बिहान मर्निङ वाकमा जादाँ हल्काफुल्का शारीरिक ब्यायाम तथा योग गर्ने ।

४. दिउँसोको खाजा २ बजेभन्दा अगाडि नै खाने । र, बेलुकी ७ बजे खाना खाएपछि केही नखाने ।

५. दिउँसो सुत्ने बानी छ भने त्यसलाई हटाउँने र कुनै पनि अवस्थामा दिउँसो नसुत्ने ।

६. करिब ८ बजेको आसपासमा सुत्ने तयारीका साथ निदाउँने प्रयास गर्ने ।

७. सुत्दा कोठामा सकेसम्म बत्ति नबाल्ने बाल्नै परे मधुरो बत्ति बाहेक उज्यालो बत्ति नबाल्ने ।

८. सुत्दा कोल्टे फर्केर खुट्टालाई अंग्रजी फोर (४) अक्षरको आसन बनाई सुत्ने ।

९. सकेसम्म बेलुकीको खानामा माछामासु, चिल्लो, पिरो, मसलेदार खाना नखाने ।

१०. यदि निन्द्रा नपरेमा मधुरो आवाजमा रुची अनुसारको संगीत पनि सुन्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ४० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६