रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता | Khabarhub Khabarhub

रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा अग्रतालाई बढाएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो ।

खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले अघिल्लो सातामात्र कीर्तिमानी ७ सय गोल पुरा गरेका थिए ।

लारान्गेराले २६ औ मिनेटमा गोल गर्दै खेल पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । पजनीले ५४ औ मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरे ।

युभेन्ट्सका लिजेन्ड जियानलुईगी बुफोन केही उत्कृष्ट बचाउ गर्दै क्लबको हार टारेका थिए । उनले फेडेरिको सेन्टेन्डरको ओभर हेड किकलाई

शानदार तरिकाले बचाउ गरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले ८ खेलबाट २२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग चार अंकको अग्रता लिएको छ ।

बोलोग्ना ९ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ०५ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु