राष्ट्रपति भण्डारी आज जापान जाँदै « Khabarhub

राष्ट्रपति भण्डारी आज जापान जाँदै


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज (आइतबार) बिहान जापान प्रस्थान गर्दै छन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

म्यानमाररको राजकीय भ्रमण सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गरेको पाँच दिने म्यानमारको राजकीय भ्रमण पूरा भएको छ ।

गत असोज २९ गते राष्ट्रपति नेतृत्वको टोली म्यानमार पुगेको थियो । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची र कमान्डर इन चिफले पनि भेट गरे ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन गर्‍यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्‍यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन भयो ।

राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यानमार नेपाल मैत्री सङ्घ र म्यानमार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ ।

नेपालका लागि म्यानमारका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरे । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ३७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त