सिकार खेल्न ढोरपाटन लागे विदेशी पर्यटक « Khabarhub

सिकार खेल्न ढोरपाटन लागे विदेशी पर्यटक


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नाउर तथा झारलको सिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन सिकार आरक्षमा पहिलो चरणको ‘सिकार याम’ शुरु भएसँगै विदेशी सिकारी त्यसतर्फ लागेका छन् ।

नेपालको एक मात्र यस आरक्षमा शिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति प्राप्त पेसेवर सिकारी त्यहाँ पुगेका हुन् ।

विभागले हरेक वर्ष दुई सिजनमा सिकार गराउने गरी सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट बोलपत्र आह्वान गरी अनुमति प्रदान गर्दै आएको छ । यो वर्षको पहिलो सिजनका लागि सात नाउर र पाँच झारलको सिकारका लागि सिकारी आरक्ष क्षेत्र पुगेको आरक्षण कार्यालयले जनाएको छ ।

यस सिजनका लागि विभागले दस नाउर र छ झारलको कोटा निर्धारण गरे पनि सिकारको माग कम भएपछि सात नाउर र पाँच झारलको सिकार अनुमति प्रदान गरिएको थियो । विभागले कम्पनीबीच गराएको विद्युतीय बोलपत्रमा एक नाउरको मूल्य एक लाख ९० हजार र झारलको मूल्य त्योभन्दा कम तोकिएको जनाएको छ ।

गत सिजन (फागुन–वैशाख) मा नाउर सिकारको राजस्व १३ लाख ५१ हजार र झारल सिकारको राजस्व १३ लाख ५० हजार तथा (असोज–मङ्सिर) सिजनमा नाउर सिकारको राजस्व १२ लाख पाँच हजार र झारलको राजस्व नौ लाख २० हजार थियो । यस पटक सिकार कम्पनीबीच प्रतिस्पर्धा कम भएकाले राजस्व सङ्कलनमा कम भएको आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले जानकारी दिए ।

रुसका नागरिक इगोर डोन्टिसोभ असोज २८ गतेदेखि एक नाउर र एक झारलको सिकारका लागि ४० गोलीसहित फागुने ब्लकमा र अर्का रुसी नागरिक डिमिट्री कल्योपुभ असोज २९ गतेदेखि एक नाउर र एक झारलको सिकारका लागि ४० गोलीसहित गुस्तुङ ब्लकमा र बेल्जियमका बल्टनिक फिलम हिक्टोरोम एक झारल र एक नाउरका लागि ६० गोलीसहित कात्तिक १ गतेदेखि सुनदहर ब्लकमा सिकार गरिरहेको आरक्ष कार्यालयका कर्मचारी वीरबहादुर थापाले जानकारी दिए ।

यस्तै अनुमति प्राप्त नर्वेका सिकारी इस्पेन लियनभी एक नाउरका लागि कात्तिक ९ गतेदेखि २० गोलीसहित दोगाडी ब्लक तथा जर्मन नारिक मार्क ग्राल्ड निकोलाई एक नाउर र एक झारलका लागि ४० गोलीसहित कात्तिक ९ गतेदेखि सेङ ब्लकमा सिकारका लागि जाने तयारी गरिरहेका छन् । यस्तै सिकार अनुमति प्राप्त गरेका एक नाउर र झारल तथा एक नाउरको सिकारका लागि स्पेनका दुई जना सिकारी आउनेक्रममा रहेको आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : १८ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै