पश्चिमी वायुको प्रभावले आज पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

पश्चिमी वायुको प्रभावले आज पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ । आज दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ । दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

मौसम विश्लेषण

पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ ।

मौसमको अवस्था

हाल देशैभरि सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ४२ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,