पश्चिमी वायुको प्रभावले आज पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

पश्चिमी वायुको प्रभावले आज पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ । आज दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सिय मापन भएको छ । दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

मौसम विश्लेषण

पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ ।

मौसमको अवस्था

हाल देशैभरि सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ४२ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी