एनआरएनएको नवनिर्वाचित टीमलाई नेकपाको स्वागत, समृद्धि यात्रामा सहयोग गर्न आग्रह « Khabarhub

एनआरएनएको नवनिर्वाचित टीमलाई नेकपाको स्वागत, समृद्धि यात्रामा सहयोग गर्न आग्रह


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् ।

एनआरएनएको नव निर्वाचित नेतृत्वको स्वागतमा नेकपाको विदेश विभागले आइतवार गरेको कार्यक्रममा नेता नेपालले विदेशमा हासिल गरेको ज्ञान, शिप र पूँजीलाई मातृभूमिको विकाशमा उपयोग गर्नुपर्ने बताए ।

उनले देशको विकास र समृद्धिको यात्रामा सघाउन नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी गर्न सरकार तयार रहेको बताउँदै एनआरएनहरुका जायज माग पूरा गराउन आफूले पहल गर्ने नेता नेपालको भनाइ थियो ।

कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले जन्मभूमिमा लगानी बढाएर विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : ५० बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.