एनआरएनएको नवनिर्वाचित टीमलाई नेकपाको स्वागत, समृद्धि यात्रामा सहयोग गर्न आग्रह | Khabarhub Khabarhub

एनआरएनएको नवनिर्वाचित टीमलाई नेकपाको स्वागत, समृद्धि यात्रामा सहयोग गर्न आग्रह


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् ।

एनआरएनएको नव निर्वाचित नेतृत्वको स्वागतमा नेकपाको विदेश विभागले आइतवार गरेको कार्यक्रममा नेता नेपालले विदेशमा हासिल गरेको ज्ञान, शिप र पूँजीलाई मातृभूमिको विकाशमा उपयोग गर्नुपर्ने बताए ।

उनले देशको विकास र समृद्धिको यात्रामा सघाउन नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी गर्न सरकार तयार रहेको बताउँदै एनआरएनहरुका जायज माग पूरा गराउन आफूले पहल गर्ने नेता नेपालको भनाइ थियो ।

कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले जन्मभूमिमा लगानी बढाएर विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : ५० बजे

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा