प्रम मोदीलाई भेटेपछि शाहरुख खानले गरे यस्तो ट्वीट | Khabarhub Khabarhub

प्रम मोदीलाई भेटेपछि शाहरुख खानले गरे यस्तो ट्वीट


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा किङ खानका रुपमा चिनिएका शाहरुख खान र आमिर खानसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट गरेपछि शाहरुखले धन्यवाद व्यक्त गरेका छन् । शाहरुखले एक ट्वीटका माध्यमबाट मोदीलाई धन्यवाद दिएका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो आतिथ्यताका लागि धन्यवाद,’ शाहरुख खानले लेखेका छन्, ‘महात्मा गान्धीको विचारलाई अगाडि बढाउन कलाकारको भूमिकाका बारेमा पनि खुलेर कुरा गर्नुभएकोमा पनि धन्यवाद ।’

उनले अगाडि लेखेका छन्, ‘साथै युनिभर्सिटी अफ सिनेमाको विचार पनि निकै राम्रो छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार साँझ बलिउड सितारासँग भेटघाट गरेका थिए । यस दौरान शाहरुख खानले आफ्नो विचार पनि प्रधानमन्त्रीसँग राखेका थिए । अन्य कलाकारले पनि मोदीसँग कुराकानी गरेका थिए ।

यसअघि चुनावका बेला मोदीले अभिनेता अक्षय कुमारसँग भेट गरेका थिए । उनको भेटलाई कतिपयले राजनीतिक भेटका रुपमा पनि अर्थ्याएका थिए । यसपटक उनले सेलिब्रेटीहरूलाई भेटेपछि प्रमले बलिउड उद्योगप्रति माया दर्शाएको भन्दै मोदीको तारिफ समेत गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : १७ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ