आतंकवादी हमलाको आशंकापछि दिल्लीमा हाई अलर्ट जारी « Khabarhub

आतंकवादी हमलाको आशंकापछि दिल्लीमा हाई अलर्ट जारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राजधानी दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ ।

आतंकवादी संगठन जैश–ए–मोहम्मदले राजधानी दिल्लीका विभिन्न स्थानलाई आक्रमणको निशाना बनाएको गुप्तचर सूचनाको आधारमा दिल्ली प्रहरीले हाई अलर्ट जारी गरेको हो ।

हिन्दूहरुको चाड तिहारलाई मध्यनजर गरी उक्त आतंकवादी संगठनले आक्रमणको तयारी गरेको गुप्तचर स्रोतले जानकारी पाएको भारतीय अधिकारीहरुको भनाइ छ ।

भारतको ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । भारतीय गुप्तचर एजेन्सीका अनुसार इस्लामिक आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतका विभिन्न स्थानमा आक्रमण गर्ने तयारी गरेको छ ।

दिल्ली प्रहरी प्रशासनले यो सूचना पाएलगत्तै हाई अलर्ट जारी गरेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीले राजधानी दिल्लीका १५ मध्ये आठ स्थानलाई अत्यन्तै संवदेनशील क्षेत्र घोषणा गरेको छ । त्यसमा रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले आफ्नो निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुले आशंका गरेका छन् ।

ती क्षेत्रमा ४ सय २५ भन्दा बढी ब्यवसायिक भवनहरु रहेका छन्, जसको सुरक्षामा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । यस्तै २ सय भवनलाई भीआईपी क्षेत्र भनेर तोकिएको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै ती सबै स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदनी चोक क्षेत्रबाट पक्राउ परेका जैश–ए–मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजना रहेको खुलासा गरेका थिए । उनीहरुलाई आश्रय दिने १० भन्दा बढी स्थानीय व्यक्ति पनि पक्राउ परेका थिए ।

त्यसपछि जनवरी २०१९ मा पक्राउ परेका जैश–ए–मोहम्मदका अब्दुल लतिफ गनी–उमैर र हिलाल अहमद भटबाट पनि आक्रमणसँग सम्बन्धित महत्वपूर्ण जानकारी हासिल गरेको भारतीय सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ०५ बजे

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा

प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध, राष्ट्रियसभा २६ गतेसम्म स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा

संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल

काठमाडौं– संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते

तेहरान- अमेरिकासँग तनाव बढ्दै जाँदा इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल