जिग्री–पाँडेविरुद्ध प्रहरीमा कपिराइटको उजुरी | Khabarhub Khabarhub

जिग्री–पाँडेविरुद्ध प्रहरीमा कपिराइटको उजुरी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो ।

यसअघि मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै उसले प्रहरीमा उजुरी गरेको बुझिएको छ ।

प्रहरीले यस विषयमा छलफल गर्न कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को समूहलाई बोलाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि आफूहरुलाई बोलाएको घिमिरेले खबरहबलाई बताएका छन् । आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै आफूहरुविरुद्ध कपिराइटको उजुरी हालेको उनले पुष्टि गरे ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले सक्किगोनीको टिम विरुद्ध आफ्ना क्यारेक्टरहरुको प्रयोग गर्न रोकियोस भनेर उजुरी हालेको बताएका छन् ।

यता, कलाकार घिमिरे (पाँडे)ले भने ती सबै क्यारेक्टर आफूहरुको सिर्जना भएकाले मिडिया हबले कुनै दाबी गर्न नमिल्ने प्रष्ट पारे ।

यसअघि भद्रगोलमा काम गरेका जिग्री–पाँडेको समूहले हास्य टेलिश्रृंखला सक्किगोनी निर्माण थालेका थिए । भद्रगोल टिमबाट छुट्टिएर जिग्री–पाँडे समूहले अर्को टेलिश्रृंखला निर्माण गरेपछि मिडिया हबसँगको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : ४८ बजे

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

बागलुङ– शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर