विवाह र जागिरको कामना पूरा गर्ने शास्त्रीय महाउपाय « Khabarhub

विवाह र जागिरको कामना पूरा गर्ने शास्त्रीय महाउपाय


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको जीवनमा अनेकौं प्रकारका दुखः कष्ट हुने गर्दछ । यसलाई निराकरणका लागि धार्मिक शास्त्रमा अनेकौं उपायहरु दिइएको छ ।

शास्त्रअनुसार मनोकामना पूर्ण गर्न भगवानको कृपा पाउनु पर्ने र त्यसका लागि केही ब्रत, विधि र नियमहरु रहेका छन् । आज हामी समयमा विवाह भइरहेको छैन र जागिर समेत पाइएको छैन भने त्यसका लागि गर्ने व्रत र नियमको जानकारी दिँदैछौ ।

जागिर पाउन गर्नु पर्ने व्रत र नियम

– जागिरका लागि ७ वटा शनिवार व्रत राख्नु उत्तम हुन्छ ।

– शनिबारका दिन बिहान उठ्नासाथ तेलमा आफ्नो छायाँ हेर्ने र छायादान गर्नुपर्छ ।

– व्रतको दिन केवल जलाहार बस्ने, अन्नको सेवन नगर्ने ।

– साँझमा पीपललाई जल चढाई, पिपलको फेदमा सरस्युको तेलमा दियो बाल्ने ।

– यसका साथै शनिको “ॐ शं शनैश्चराय नमः” मन्त्रको १ सय ८ पटक जाप गर्ने ।

– साँझमा दूध, फलफुल लगायतको फलाहार सेवन गर्न सकिन्छ ।

विवाहका लागि व्रत र नियम

– विवाहका लागि ११ वटा बिहिवार व्रत राख्नु उत्तम हुन्छ ।
– बिहिवारका दिन बिहान सबेरै उठेर स्नान गरी पहेलो बस्त्र धारण गर्ने ।

– त्यसपश्चात केराको बोटको फेदमा जल चढाउने र १६ पटक परिक्रमा गर्ने ।

– परिक्रमा पश्चात “ॐ नमो भगवते वासुदेवाय“ मन्त्रको १ सय ८ पटक जाप गर्ने ।

– सूर्यास्त हुनुअघिसम्म पहेलो बस्तुमात्र सेवन गर्ने र नुनको सेवन नगर्ने ।

– साँझमा पनि १ सय ८ पटक “ॐ नमो भगवते वासुदेवाय“ मन्त्रको जाप गर्ने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ५१ बजे

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग