विवाह र जागिरको कामना पूरा गर्ने शास्त्रीय महाउपाय | Khabarhub Khabarhub

विवाह र जागिरको कामना पूरा गर्ने शास्त्रीय महाउपाय


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको जीवनमा अनेकौं प्रकारका दुखः कष्ट हुने गर्दछ । यसलाई निराकरणका लागि धार्मिक शास्त्रमा अनेकौं उपायहरु दिइएको छ ।

शास्त्रअनुसार मनोकामना पूर्ण गर्न भगवानको कृपा पाउनु पर्ने र त्यसका लागि केही ब्रत, विधि र नियमहरु रहेका छन् । आज हामी समयमा विवाह भइरहेको छैन र जागिर समेत पाइएको छैन भने त्यसका लागि गर्ने व्रत र नियमको जानकारी दिँदैछौ ।

जागिर पाउन गर्नु पर्ने व्रत र नियम

– जागिरका लागि ७ वटा शनिवार व्रत राख्नु उत्तम हुन्छ ।

– शनिबारका दिन बिहान उठ्नासाथ तेलमा आफ्नो छायाँ हेर्ने र छायादान गर्नुपर्छ ।

– व्रतको दिन केवल जलाहार बस्ने, अन्नको सेवन नगर्ने ।

– साँझमा पीपललाई जल चढाई, पिपलको फेदमा सरस्युको तेलमा दियो बाल्ने ।

– यसका साथै शनिको “ॐ शं शनैश्चराय नमः” मन्त्रको १ सय ८ पटक जाप गर्ने ।

– साँझमा दूध, फलफुल लगायतको फलाहार सेवन गर्न सकिन्छ ।

विवाहका लागि व्रत र नियम

– विवाहका लागि ११ वटा बिहिवार व्रत राख्नु उत्तम हुन्छ ।
– बिहिवारका दिन बिहान सबेरै उठेर स्नान गरी पहेलो बस्त्र धारण गर्ने ।

– त्यसपश्चात केराको बोटको फेदमा जल चढाउने र १६ पटक परिक्रमा गर्ने ।

– परिक्रमा पश्चात “ॐ नमो भगवते वासुदेवाय“ मन्त्रको १ सय ८ पटक जाप गर्ने ।

– सूर्यास्त हुनुअघिसम्म पहेलो बस्तुमात्र सेवन गर्ने र नुनको सेवन नगर्ने ।

– साँझमा पनि १ सय ८ पटक “ॐ नमो भगवते वासुदेवाय“ मन्त्रको जाप गर्ने ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ५१ बजे

झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार)

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज