चितवन राईनोज महिला क्रिकेटको फाइनलमा प्रवेश « Khabarhub

चितवन राईनोज महिला क्रिकेटको फाइनलमा प्रवेश


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) अन्तर्गत आइतबार भएको खेलमा जित हात पार्दै चितवन फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनल प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले ६९ रनको साझेदारी गर्दै वलियो साझेदारी गरेका थिए । काजल ३६ तथा कञ्चन ३४ रन बनाएर आउट भएका थिए । यस्तै कप्तान इन्दु बर्माले नट आउट १७ रन बनाउँदा सुमन खतिवडाले १० रन बनाइन् ।

विराटनगरका लागि सबनम राईले २ विकेट लिँदा आरती विडारी, सोनु खड्का र सर्मिला मगरले एक एक विकेट लिए । चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।

जितसँगै अपराजित चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ५४ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको