नेपालले म्यानमार र इङ्ग्लिस क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले म्यानमार र इङ्ग्लिस क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप छनोट खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इङ्ग्लीस सी डिभिजन क्लबसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

नेपाली टोलीले म्यानमारको राष्ट्रिय फुटबल टोलीसँग नोभेम्बर ७ मा उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपालले नोभेम्बर १९ मा कुवेतविरुद्ध खेल्नु अघि एक र २०२० मा एक गरी २ अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने जनाएको छ ।

नेपालले नाभेम्बर १९ मा दशरथ रंगशालामा कुवेतविरुद्ध फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको छनोट खेल खेल्नेछ ।

दोस्रो मैत्रीपूर्ण खेलमा भने २५ मे २०२० मा सि डिभिजन इङ्ग्लिस क्लबसँग खेल्ने जनाएको छ । खेल इङ्ग्ल्यान्डको एल्डरसुट टाउन फुटबल क्लबको मैदानमा हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ५३ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो