महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश « Khabarhub

महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई शनिबारबाट लागू हुनेगरी थप पाँच दिन हिरासतमा राख्न  जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार आनन्द श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सो आदेश जारी गरेको हो।

दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।

जिल्ला अदालत काठमाडौंले २८ असोजमा अनुसन्धानका लागि महरालाई थप १३ दिन  थुनामा राख्न अनुमति दिएको थियो।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले त्यसको भोलिपल्ट सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमतिसँगै महरा १९ गते पक्राउ परेका थिए । प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको भनिएको स्थल (पीडित महिला)को कोठाबाट समेत सबूत प्रमाण शंकलन गरेको थियो ।

प्रहरीले महिलाको कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ३५ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले