‘सेक्स’ मा इन्जोय गर्नुपर्छ तर त्यसमा केही भावना पनि हुनुपर्छ: इलियाना डिक्रुज « Khabarhub

‘सेक्स’ मा इन्जोय गर्नुपर्छ तर त्यसमा केही भावना पनि हुनुपर्छ: इलियाना डिक्रुज


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुजले एक सनसनीपूर्ण अन्तर्वार्ता दिइसकेकी छिन् । बलिउडमा जमिसकेकी यी अभिनेत्रीले ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ लगायत अन्य केही फिल्ममा काम गरिसकेकी छिन् । उनको सुन्दरताले पनि उत्तिकै चर्चा पाउने गर्छ ।

हालै इलियानाले एक अन्तर्वार्ताका क्रममा आफ्ना फिल्म र व्यक्तिगत जीवनका बारेमा पनि कैयन् खुलासा गरिन् । शिवानी दान्डेकारले आफ्नो शोमा पहिले लिएको अन्तर्वार्ता सम्झाउँदै सोधिन्, जुन अन्तर्वार्तामा इलियानाले भनेकी थिइन् – ‘सेक्सको प्रेमसँग कुनै मतलब हुँदैन ।’

यसको उत्तरमा इलियानाले भनिन्, ‘शायद मेरो भनाइलाई गलत तरिकाले लिइयो, हुनसक्छ कि मैले अरु कसैको भनाइ भनिरहेकी थिएँ, जुन मलाई मन परेको थियो ।’

‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन,’ उनले स्पष्ट पार्दै भनिन्, ‘मेरो मतलब यो हो कि, मेरो ख्यालमा हामीले सेक्स गर्न आवश्यक छ, तर यसका लागि कुनै भावना पनि हुनुपर्छ, जब तपाईं मायामा हुनुहुन्छ भने सेक्स निकै मजाको हुन्छ, किनकि यसमा दुई आत्मा सामेल हुन्छन् ।’

यो शोमा इलियानाले आफ्नो ब्रेकअपबारे पनि बताइन् । उनले ब्रेकअप भएर आफ्नो दिल टुट्दा वर्कआउट गर्नै छोडिदिएकी थिइन् । त्यसपछि उनले केही समय पेन्टिङ गर्न थालिन् । उनी भन्छिन्, ‘कुनै पनि मान्छेलाई आफैले सम्झनका लागि पनि केही समय दिनुपर्छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : १४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक