मेडिकल कलेजको ठगी विरुद्ध आन्दोलन गर्ने विद्यार्थीलाई होस्टेल पस्न निषेध ! « Khabarhub

मेडिकल कलेजको ठगी विरुद्ध आन्दोलन गर्ने विद्यार्थीलाई होस्टेल पस्न निषेध !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजले गरेको ठगीविरूद्ध आन्दोलन गर्दै आएका नेशनल मेडिकल कलेज विरगञ्जका विद्यार्थीहरुलाई प्रशासनले होस्टेल प्रवेशमा निषेध गरेको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताको माग गर्दै कलेज प्रशासन अगाडि धर्ना बसेका मेडिकल कलेजका विद्यार्थीलाई कलेज प्रशासनले होस्टेल प्रवेशमा रोक लगाएको हो ।

कलेजले प्रवेशद्वारमै ताला लगाएर एमबीबीएस प्रथम वर्षका झण्डै ८५ जना विद्यार्थीलाई होस्टलमा प्रवेश गर्न नदिएको एक पीडित विद्यार्थीले खबरहबलाई बताइन् ।

उनले भनिन्, ‘हामी अहिले होस्टल बाहिरको गेट अगाडि सडकमै बसेका छौं, हामी बाहिर निस्केको ९ घण्टा भएको छ।’

कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ताको लागि एक महिना अघिदेखि विद्यार्थीहरुले आवाज उठाउँदै आएका छन् ।

सरकारले अन्तिम अल्टिमेटम दिँदा समेत शुल्क फिर्ताको प्रक्रिया शुरू नगरेपछि विद्यार्थीहरुले आज दिउँसो कलेज अगाडि धर्ना दिएका थिए ।

कलेजले मेडिकल शिक्षामा गरेको ठगीको विरोध गर्दा आफूहरूलाइ राति समेत होस्टल प्रवेश गर्न नदिएको पीडित विद्यार्थीको गुनासो छ ।

‘सरकारले नै बढी लिएको शुल्क फिर्ता गर्नुभन्दा पनि कलेजले शुल्क फिर्ता गरेन, त्यसैले हामीले आज धर्ना दिएका हौं। धर्ना दिएको भनेर अहिले हामीलाई होस्टेल छिर्न दिएको छैन। मध्यरात हुन लाग्यो, हामी भोकै होस्टलको गेट बाहिर छौं’,एक विद्यार्थीले भनिन् ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ३३ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसीमा दिइसकेको छ ।

सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको आरोप छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : २० बजे

बझाङ र बाजुरामा जीविकोपार्जन कार्यक्रम कार्यान्वयन

कैलाली– सुदूरपश्चिमका बाजुरा र बझाङ जिल्लामा जलवायु उत्थानशील भूपरिधि तथा

जेन-जी क्रान्ति : वैकल्पिक दृष्टिकोणको खोज

नेपाल आज गम्भीर अनिश्चितता, अविश्वास र राजनीतिक भ्रमको अवस्थाबाट गुज्रिरहेको

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा

हुम्लाबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हुम्ला– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

काडमाडौं– नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको