हाम्रो पात्रोको आफ्नै ‘कम्यूनिटी’, अब खरिद-बिक्री पनि ‘हाम्रो पात्रो’बाटै « Khabarhub

हाम्रो पात्रोको आफ्नै ‘कम्यूनिटी’, अब खरिद-बिक्री पनि ‘हाम्रो पात्रो’बाटै


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली एप्लीकेशन ‘हाम्रो पात्रो’ले  प्रयोगकर्ताहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले एप्लिकेशनबाटै सामान खरिद बिक्रीको सुविधा थप गरेको छ ।

आफ्ना नयाँ अथवा पुराना सामान, घर-जग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरुलाई बेच्न अथवा खरिद गर्न चाहनेहरुका लागि उक्त फिचर उपयोगी हुने ‘हाम्रो पात्रो’ले जानकारी दिएको छ ।

हाम्रो मार्केट नाम दिएको उक्त सेवाको आफ्नै ‘कम्यूनीटी’ सम्बन्धी लिंकमा एक दिनमै दुई हजार बढी सदस्य दर्ता भएको  हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतीले जानकारी दिए ।

उनले हाम्रो पात्रो प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर गर्दै खरिद बिक्रीको अनुभवकाबीच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सम्पर्क गरी कारोबार गर्न सकोस् भन्ने उद्देश्यले “वी हाम्रो पात्रो” कम्यूनिटी फिचर ‘ हाम्रो मार्केट’ सार्वजनिक गरेको जनाए ।

दैनिक कम्तिमा १० लाख भन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमा बढिमा मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेको उनले दाबी गरे ।

जसमा कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाईल, घडी, सवारी साधन, घर-जग्गा अथवा अन्य कुराहरु बेच्ने अथवा खरिद गर्ने आवश्यक्तालाई हाम्रो पात्रो प्रयोगकर्ताको सही विकल्प हुन सक्ने बताए ।

आफ्नो कुराहरु बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्यूनिटि प्रभावकारी हुने उनले अपेक्षा लिएका छन् ।  ।

समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद-बिक्रीको सुविधामा सजिलै जोड्न सकिने उनले बताए ।

कसरी जुट्ने त यो कम्यूनिटीमा ?

यो कम्यूनिटीमा अहिले यो लिंकलाई क्लिक गरेर Login with Google अथवा Login with Facebook मध्ये कुनै एकबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्यूनिटिहरु मध्ये ‘Hamro Market’ खोल्नु भई त्यहाँ रहेको Join Community भन्ने बटनलाई थिचेर रजिष्ट्रेसनका लागि रिक्वेस्ट पठाउन सकिनेछ ।

हाम्रो पात्रोले तपाईंको रिक्वेस्टलाई स्वीकार्ने छ र तपाईंलाई त्यस कम्यूनिटीमा आफ्ना सामाग्री अथवा सेवालाई तस्वीर सहित पोष्ट गर्न अथवा खरिद-बिक्रिका लागि पोष्ट गरिएका स्ट्याटसहरुमा कमेन्ट गर्ने सुविधा दिनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ०९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर