मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’ « Khabarhub

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

'सञ्चार गृहमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत, संलग्नमाथि कारबाही होस्'


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष झाले सञ्चार गृहलगायतका स्थानमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य गलत भएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता गतिविधिमा संलग्नमाथि अनुसन्धान र कारबाहीको माग गरेका छन्।

सञ्चार गृहलगायतका स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको उल्लेख गर्दै उनले भनेका छन्, “यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने होइन।”

झाले सरकारको कार्यशैलीप्रति लक्षित गर्दै प्रश्न गरेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ र ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?”

उनले यस किसिमको अराजक कार्यप्रति आफ्नो घोर आपत्ति रहेको समेत स्पष्ट पारेका छन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ९ : १३ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम