गोठमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ ।

घटनाको जानकारी पाएपछि आज बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत जलेर घाइते बनेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ११ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा