जलाउँदै गरेको शव प्रहरीले किन लियो नियन्त्रणमा ? « Khabarhub

जलाउँदै गरेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका १ पिपरपातीकी ४० वर्षीया मालती देवी नुनियाको शव नेपाल भारत सिमा दशगजा नजिकै जमुनी खोलाको किनारमा जल्दै गरेको अवस्थाबाट प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

मालतीलाई उनकै श्रीमान रामयाद महतो नुनियाले हत्या गरि जलाउन लगेको आशंका प्रहरीले गरेको छ ।

भारतको मोतिहारी माइती भएकी मालतीको शंकास्पद मृत्यु भएको खबर मालतीकै फुपाजुका छोरा राजकुमार महतोले प्रहरी चौकी पिपरपातीलाई खबर गरेका थिए ।

उनले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी बिकासराज खनालसहितको टोली बिहान ११ बजे मालतीको घर पुगेको थियो । तर उनीहरु घरमा नभएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजतलासको क्रममा प्रहरीले बस्तीभन्दा करिब ४०० मिटर पर जल्दै गरेको अवस्थामा शव फेला परेको प्रहरी चौकी पिपरपातीका प्रहरी सहायक निरीक्षक शेष राहुल्लाहले जानकारी दिए ।

मृतक मालतीका दुई छोरा मध्ये सात वर्षीय एक छोरा फुपुको घरमा बस्दै आएका छन् भने अर्का छोरा श्रीमान् र सासुसँगै फरार रहेका छन् ।

उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : ४७ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा